आईसीएफसीले बोलायो साधारण सभा, यी एजेण्डा हुँदैछन् पारित

Dec 23, 2019 11:30 AM Merolagani

आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले पुस २९ गते सोह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। फाइनान्सको साधारण सभा सीएमडी फुडल्याण्डमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि सहित ८ प्रतिशत नगद लाभांश गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, फाइनान्सले सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाँदैछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फाइनान्सले पुस १५ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेज बन्द गर्ने भएको छ। जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन सक्नेछन्।

हाल फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार रहेको छ। ४ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९२ करोड ६२ लाख ८० हजार पुग्नेछ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।