नेपाल पुनर्बीमा कम्पनीको सीईओमा रायमाझी नियुक्त

Dec 23, 2019 06:44 PM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRICL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शंकर कुमार रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैंठकले कम्पनीको सीइओमा रायमाझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी समेत रहेका रायमाझीले आगामी चार वर्षको लागि कम्पनीको जिम्मेबारी सम्हाल्ने छन् । 

कम्पनीले सीईओका लागि आवेदन दिएका ६ जना मध्येबाट ४ जनालाई छनौट गरी पुस ४ गते शुक्रबार प्रस्तुतिकरण तथा अन्तरवार्ता बाेलाएकाे थियाे।

रायमाझी सहित कम्पनीका निर्वमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, राष्ट्र बैंकको निर्देशकबाट अवकाश प्राप्त गरेका अशोक कुमार पौडेल र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषरमण आचार्यले प्रतिस्पर्धामा थिए ।

गत असार मसान्तमा निर्वतमान सीईओ भण्डारीको चार वर्षे कार्यकाल सकिएपछि कम्पनीले नयाँ सीईओ नियुक्त गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।