नेपाल बङ्गलादेश बैंकले नगद लाभांश बैंक खातामा पठायो

Dec 25, 2019 09:32 AM Merolagani



नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। बैंकले पुस ८ गतेदेखि सो लाभांश बैंक खातामा पठाउन थालेको हो।

बैंकको पुस ७ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो। बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएपश्चात डिम्याट खाता भएका शेयरधनीहरुको खातामा नै जम्मा गरिनेछ।

बैंकले हालम्म डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराउन र भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई डिम्याट खाता खोल्न अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।