नेपाल बङ्गलादेश बैंकले नगद लाभांश बैंक खातामा पठायो

Dec 25, 2019 09:32 AM Merolagani



नेपाल बङ्गलादेश बैंक लिमिटेड (NBB) ले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। बैंकले पुस ८ गतेदेखि सो लाभांश बैंक खातामा पठाउन थालेको हो।

बैंकको पुस ७ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गरेको हो। बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएपश्चात डिम्याट खाता भएका शेयरधनीहरुको खातामा नै जम्मा गरिनेछ।

बैंकले हालम्म डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराउन र भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई डिम्याट खाता खोल्न अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।