जनउत्थान लघुवित्तको आकर्षक लाभांश घोषणा

Dec 26, 2019 10:51 AM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JSLBB) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको पुस ९ गते सम्पन्न १४४ औं बैठकले शतप्रतिशत हकप्रद पश्चात कायम हुन आएको ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजीबाट २५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। यसबाट कम्पनीले एक करोड ५८ लाख ४० हजारको बोनस र ८ लाख ३३ हजार ६८४ रुपैयाँ नगद लाभांश (बोनसको कर प्रयोजनका लागि ) वितरण गर्नेछ ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश गत आसार मसान्तको पूँजी (हकप्रद अघिको ३ करोड ४५ लाख ६० हजार) को आधारमा भने ४५.८३ प्रतिशत बोनस हुन आउँछ।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

हाल ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित २५ प्रतिशत (एक करोड ५८ लाख ४० हजार रुपैयाँ) बोनस पश्चात ९ करोड ५० लाख ४० हजार चुक्ता पूँजी कायम हुनेछ।

जनउत्थानले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ९०.४९ प्रतिशतले खुद नाफा बढाएर २ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ ३२७ रुपैयाँ ०१ पैसा रहेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।