पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्तको साधारण सभा आज

Jan 03, 2020 09:44 AM Merolagani

पोखरा फाइनान्स लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस १८ गते) साधारण सभा सम्पन्न गर्दैछन्। पोखरा फाइनान्सको तेइसौँ वार्षिक साधारण सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेदेखि शुरु भएको छ भने इन्फिनिटी लघुवित्तको सहमति संस्था विजयचोक, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ।

 पोखरा फाइनान्स (PFL) ले गत आर्थिक वर्षसम्मको शेयर प्रिमियम कोषबाट सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र गत आर्थिक वर्षसम्मको वितरण योग्य मुनाफाबाट ७.२० प्रतिशत नगद गरि १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस ४ गतेदेखि बुकक्लोज गरेकाले पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन, लाभांश प्राप्त गर्न सक्नेछन्।

उता इन्फिनिटी लघुवित्त (ILBS) ले गत आवको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने र सोको कर प्रयोजनको लागि सहित गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ।

साधारण सभामा बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत रहेको छ।

यस्तै उपयुक्त अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस ४ गतेदेखि बुकक्लोज गरेकाले पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।