कर्णाली प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय

Jan 03, 2020 01:39 PM Merolagani

कर्णाली प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै शुक्रबार सुर्खेतकाे बिरेन्द्रनगरमा रहने प्रादेशिक कार्यालयको उद्घाट्न गरेका हुन् ।

मुख्यमन्त्री शाहीले 'बैंक खाता छोरीको, सुरक्षा जीवन भरीकाे' प्रदेश सरकारको कार्यक्रम राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि सुरु गरिएको र त्यस कार्यक्रम कर्णाली प्रदेश भरिका बैंकका सबै शाखा बाट सुरु गरिने बताए ।

यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताए ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको जानकारी गराए ।

बैकको कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।