लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

Jan 08, 2020 10:41 AM Merolagani



लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा बैंकको पुस २३ गते बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९४ रुपैयाँ २९ पैसा कायम गरेको छ।
बैंकले पुस २९ गते १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले लाभांश वितरण तथा मर्जर/एक्वीजिशन प्रस्तावसहित साधारण सभा बोलाएको हो।

बैंकको साधारण सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षसम्मको मुनाफबाट ५ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि सहित गरी १५ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्नेरगाभिने वा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ५ प्रतिशत बराबरको १२ करोड ९३ लाख ४८ हजार १७५ रुपैयाँ बोनस पश्चात २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ६८६ रुपैयाँ कायम हुनेछ।

बुधबार बैंकको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।