सानिमा बैंकको एक्सटेसन काउन्टर बुढानीलकण्ठमा

Jan 08, 2020 06:56 PM Merolagani



सानिमा बैंक एक्सटेसन काउन्टर सुन्दरबस्ती बुढानीलकण्ठमा खुलेको छ । उक्त काउन्टरको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवर्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे ।

उद्घाटन कार्यक्रममा मेयर खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवाद दिए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा  खुशी व्यक्त गरे । 

मह जोडीले सुन्दरबस्तीमा सानिमा बैंकको विस्तारित काउन्टर संचालनमा आएकोमा स्थानियवासी तथा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमालाइ सबल बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना दिए ।

बैंकको हाल ७९ वटा शाखा, २विस्तारित काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको छ ।

 




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।