अमेरिका–इरान तनावबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा

Jan 12, 2020 10:33 AM RSS

अमेरिका–इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गरेका छन्।

भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गर्ने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ।

प्रधानमन्त्री आवेले भने, ‘जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु।’

भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ। अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ।

प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्ने अनुमान गरिएको छ। यसबाहेक अमेरिका र इरानबीच पछिल्ला केही दिन यता बढेको तनाब मथ्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने जापानले बताएको छ।

प्रधानमन्त्री आगामी बुधबार स्वदेश फर्किनेछन्।


comments powered by Disqus

चीन अमेरिका व्यापार युद्धः बेइजिङ्ग वासिङ्गटनसँग ‘जस्तालाई तस्तै’ गर्दै अघि बढ्यो

Dec 01, 2020 07:00 PM

चीनले ‘नियन्त्रित वस्तु’ हरुको निर्यातलाई प्रतिबन्ध लगाउने नयाँ कडा कानून ल्याएको छ। ती नियमहरुले सबैभन्दा पहिले मिलिटरी प्रविधिहरुमा केन्द्रित छ र अरु त्यस्ता वस्तुहरुसँग केन्द्रित छ, जसले चीनको राष्ट्रिय सुरक्षालाई नोक्सान पु¥याउन सक्छ।