साल्ट ट्रेडिङ्गको आकर्षक लाभांश प्रस्ताव

Jan 12, 2020 12:22 PM Merolagani



साल्ट ट्रेडिङ्ग कर्पाेरेशन (STC) ले गत आर्थिक वष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको वैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन समेत १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा पनि कम्पनीले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।