साल्ट ट्रेडिङ्गको आकर्षक लाभांश प्रस्ताव

Jan 12, 2020 12:22 PM Merolagani



साल्ट ट्रेडिङ्ग कर्पाेरेशन (STC) ले गत आर्थिक वष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको वैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन समेत १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा पनि कम्पनीले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।