सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

Jan 13, 2020 12:20 PM Merolagani



सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको पुस २७ गते बसेको १५३ औँ वैठकले चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैैकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् । 

बैंकले अघिल्लो आर्थिक वर्षमा चुक्ता पूँजीको ३ प्रतिशत बोनस तथा ५.०३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।