सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

Jan 13, 2020 12:20 PM Merolagani



सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको पुस २७ गते बसेको १५३ औँ वैठकले चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैैकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् । 

बैंकले अघिल्लो आर्थिक वर्षमा चुक्ता पूँजीको ३ प्रतिशत बोनस तथा ५.०३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।