बिग मर्जर भए आफू अध्यक्ष छाड्न तयार रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेकाे घाेषणा

Jan 13, 2020 04:55 PM merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) बिग मर्जर गर्नुपर्ने पक्षमा रहेको देखिएको छ। सोमबार आह्वान गरिएको बैंकको ३३ औ वार्षिक साधारण सभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक मेगा मर्जर गनुपर्ने पक्षमा रहेको बताएका हुन्।

उनले राष्ट्र बैंकले लिएको नीतिअनुसार नै मर्जर गर्नुपर्ने धारणा राखेका थिए। हाल रहेका २७ वटा वाणिज्य बैंकहरु मर्ज भएर १४ वटामा झार्नुपर्ने उनको धारणा थियो।

साना कम्पनीलाई लिने वा ठूलै बैंकसँग मर्जरमा जाने भन्ने लगानीकर्ताको पश्नमा उनले ठूलै बैंकसँग मेगा मर्जर गर्नुपर्ने बताएका हुन्। उनले भने “यहाँ भन्न नभएर मात्रै मैले मेगा मर्जरको लागि बैंकहरुसँग कुरा गरिरहेको छु”

पाँडेले मेगा मर्जर हुन्छ भने आफू अध्यक्षबाट हट्न तयार रहेको धारणा राखेका थिए।

  • १९ प्रतिशत लाभांश पारित, आजै खातामा पठाउने

सोमबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको साढे १० प्रतिशत बोनस र साढे ८ प्रतिशत नगद लाभांश पारित गरेको छ।

सभाबाट पारित लाभांश इन्भेष्टमेन्ट बैंकमा नै खाता रहेका शेयरधनीहरुको खातामा आजै वितरण गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँ पुगेको छ।

लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १४ गतेदेखि बुकक्लोज गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यस्तै सभाले कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत अनुमोदन गरेको छ।

  • ४० करोड रुपैयाँ बराबरकाे लाभांश लिन बाँकी

इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षहरुमा वितरण गरेको ४० करोड रुपैयाँ बराबरको लाभांश शेयरधनीहरूले लिन बाँकी रहेको बैंकले जनाएकाे छ ।

बैंकले गत आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश शेयरधनीको डिम्याट खाता नभएको तथा अन्य विविध कारणले वितरण गर्न नसकिएको जनाएको हाे।

सभामा शेयरधनीहरुले उक्त लाभांश यथाशीघ्र वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए।

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।