बिग मर्जर भए आफू अध्यक्ष छाड्न तयार रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेकाे घाेषणा

Jan 13, 2020 04:55 PM merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) बिग मर्जर गर्नुपर्ने पक्षमा रहेको देखिएको छ। सोमबार आह्वान गरिएको बैंकको ३३ औ वार्षिक साधारण सभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक मेगा मर्जर गनुपर्ने पक्षमा रहेको बताएका हुन्।

उनले राष्ट्र बैंकले लिएको नीतिअनुसार नै मर्जर गर्नुपर्ने धारणा राखेका थिए। हाल रहेका २७ वटा वाणिज्य बैंकहरु मर्ज भएर १४ वटामा झार्नुपर्ने उनको धारणा थियो।

साना कम्पनीलाई लिने वा ठूलै बैंकसँग मर्जरमा जाने भन्ने लगानीकर्ताको पश्नमा उनले ठूलै बैंकसँग मेगा मर्जर गर्नुपर्ने बताएका हुन्। उनले भने “यहाँ भन्न नभएर मात्रै मैले मेगा मर्जरको लागि बैंकहरुसँग कुरा गरिरहेको छु”

पाँडेले मेगा मर्जर हुन्छ भने आफू अध्यक्षबाट हट्न तयार रहेको धारणा राखेका थिए।

  • १९ प्रतिशत लाभांश पारित, आजै खातामा पठाउने

सोमबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको साढे १० प्रतिशत बोनस र साढे ८ प्रतिशत नगद लाभांश पारित गरेको छ।

सभाबाट पारित लाभांश इन्भेष्टमेन्ट बैंकमा नै खाता रहेका शेयरधनीहरुको खातामा आजै वितरण गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँ पुगेको छ।

लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १४ गतेदेखि बुकक्लोज गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

त्यस्तै सभाले कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव समेत अनुमोदन गरेको छ।

  • ४० करोड रुपैयाँ बराबरकाे लाभांश लिन बाँकी

इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षहरुमा वितरण गरेको ४० करोड रुपैयाँ बराबरको लाभांश शेयरधनीहरूले लिन बाँकी रहेको बैंकले जनाएकाे छ ।

बैंकले गत आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश शेयरधनीको डिम्याट खाता नभएको तथा अन्य विविध कारणले वितरण गर्न नसकिएको जनाएको हाे।

सभामा शेयरधनीहरुले उक्त लाभांश यथाशीघ्र वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।