लाभांशमा लाग्ने दोहोरो कर बजेटमार्फत सम्बाेधन गर्छु : अर्थमन्त्री

Jan 14, 2020 06:31 PM Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स दिने विषय छलफलकै क्रममा भएको प्रष्ट पारेका छन् । नेप्सेको साधारण सभामा अर्थमन्त्री  खतिवडाले बैँकलाई ब्रोकर लाइसेन्स दिने या ब्रोकरहरुकै सेवा विस्तार गर्ने विषय छलफलकै क्रममा रहेको जानकारी दिए ।

उनले लाभांशमा लाग्ने दाहोरो कर आगामी बजेट मार्फत हल गरिने जानकारी समेत गराए ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले नेप्सेलाई रियल टाइम सेटलमेन्टमा जान सुझावदिए ।

 हाल कायम काराेवार राफसाफकाे टि प्लस ३ को सिस्टमबाट टि प्लस  २ को सिस्टममा आउन अर्थमन्त्रीले सुझाव  दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले धितोपत्र बोर्ड र नेप्सेबिच काम कारवाहीको क्रममा  विवाद अाउने गरेपनि सरकार निर्देशन मान्न दुबै बाध्य हुने बताए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।