लाभांशमा लाग्ने दोहोरो कर बजेटमार्फत सम्बाेधन गर्छु : अर्थमन्त्री

Jan 14, 2020 06:31 PM Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स दिने विषय छलफलकै क्रममा भएको प्रष्ट पारेका छन् । नेप्सेको साधारण सभामा अर्थमन्त्री  खतिवडाले बैँकलाई ब्रोकर लाइसेन्स दिने या ब्रोकरहरुकै सेवा विस्तार गर्ने विषय छलफलकै क्रममा रहेको जानकारी दिए ।

उनले लाभांशमा लाग्ने दाहोरो कर आगामी बजेट मार्फत हल गरिने जानकारी समेत गराए ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले नेप्सेलाई रियल टाइम सेटलमेन्टमा जान सुझावदिए ।

 हाल कायम काराेवार राफसाफकाे टि प्लस ३ को सिस्टमबाट टि प्लस  २ को सिस्टममा आउन अर्थमन्त्रीले सुझाव  दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले धितोपत्र बोर्ड र नेप्सेबिच काम कारवाहीको क्रममा  विवाद अाउने गरेपनि सरकार निर्देशन मान्न दुबै बाध्य हुने बताए ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।