गण्डकी विकास बैंकको लाभांश पारित

Jan 15, 2020 08:17 AM Merolagani



गण्डकी विकास बैंक लिमिटेड (GDBL) को लाभांश पारित भएको छ। पुस २९ गते सम्पन्न बैंकको बाह्रौँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको १७.३२ प्रतिशत (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको चुक्ता पूँजीको १७.३२ प्रतिशत अर्थात ४७ करोड ६३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा पोखरामा सम्पन्न उक्त साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ।

विकास बैंकको कूल चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको छ भने २०७६ मंसिर मसान्तसम्ममा कूल निक्षेप ३२ अर्ब ९७ करोड सङ्कलन गरी २६ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ।

पोखरामा केन्द्रिय कार्यालय रहेको यस बैंकले मुलुकभरका ९२ शाखा सञ्जाल तथा २७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ। निकट भविष्यमा बैंकले विभिन्न स्थानमा गरी थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ। सो शाखाहरु सञ्चालनमा आएपछि बैंकको शाखा संख्या ९५ पुग्नेछ।

यस बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा दुवै संस्थाहरुको बिचमा समझदारी पत्रमा हस्ताक्षर भई प्राप्ती सम्बन्धी प्रक्रिया अघि बढेको छ। मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ती गरेपश्चात बन्ने एकिकृत बैंक अझ सबल, सक्षम र अग्रणी बैंक बन्न सफल हुनुका साथै यसका लगानीकर्ताहरुको लगानीको सम्बर्धन, संरक्षण र उच्च प्रतिफल दिन सफल हुने विश्वास लिइएको छ।




मौद्रिक नीतिमा भएका महत्त्वपूर्ण हेरफेर

Dec 01, 2025 11:00 AM

नेपाल राष्ट्र बैंककले चालु आर्थक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकको समीक्षा सार्वजनिक गरेको छ । सोमबार केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।