सिर्जना फाइनान्सको शेयरमूल्य समायोजन

Jan 17, 2020 08:06 AM Merolagani



सिर्जना फाइनान्स लिमिटेड (SFFIL) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा फाइनान्सको माघ ३ गते शुक्रबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले फाइनान्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २०५ रुपैयाँ २२ पैसा कायम गरेको छ।
फाइनान्सले माघ ११ गते साधारण सभा आह्वान गरेको छ। सो सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेदेखि शुरु हुनेछ।

सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

फाइनान्सले यसअघि बिक्री गरेको ६० प्रतिशत हकप्रद शेयरले समेत पाउनेगरी उक्त बोनस प्रस्ताव गरेको हो।

हकप्रद बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपश्चात भने ८४ करोड ७७ लाख पुग्नेछ ।

फाइनान्सको समायोजित मूल्यलाई आधार मानेर आइतबार शेयर कारोबार खुल्नेछ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।