प्रभु इन्स्योरेन्सको साधारण सभा आह्वान

Jan 19, 2020 08:12 AM Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) ले लाभांश प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्सले माघ २४ गते २४ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा प्रभु कम्प्लेक्स, तीनकुने, काठमाण्डौमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.३२ प्रतिशत गरी कूल १६.३२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव रहेको छ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १० गते एक दिनका लागि शेयर दाखिल खारेज दर्ता बन्द गर्ने भएको छ। यस अनुसार माघ ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।