नेपाल लाइफ र शिखर इन्स्योरेन्सको अग्रता कायमै, पुससम्ममा ६० अर्बमाथि बीमा शुल्क संकलन

Jan 22, 2020 05:42 PM Merolagani

नेपालको बीमा क्षेत्रमा जीवन बीमा तर्फ नेपाल लाइफ र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्स सबैलाई उछिनेर लगातार अघि बढेका छन् । 

चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्ममा नेपाल लाइफ र शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिको तथ्यांक अनुसार बीमा कम्पनीहरुबाट ६० अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको छ । जीवन बीमा ब्यवसायतर्फ जम्मा ४६ अर्ब ८८ करोड र निर्जीवन बीमा तर्फ १३ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको हो ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले १३ अर्ब ९६ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन तर्फ शिखर इन्स्योरेन्सले एक अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी अग्रता कायमै राखेको छ ।

  • नेपाल लाइफको मात्रै ३० प्रतिशत योगदान

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको बीमा शुल्क संकलन गरेकाे हो । 

बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा नेपाल लाइफको मात्रै २९.७८ प्रतिशत योगदान रहेको छ । नेपाल लाइफ एक्लैले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

यस्तै एलआईसी नेपालले ७ अर्ब ६९ करोढ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ८३ करोड रुपैयाँ, नेशनल लाइफले ३ अर्ब ९५ करोड, मेट लाइफले १ अर्ब ७७ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

नयाँ संचालनमा आएका युनियन लाइफले भने पुराना कम्पनीहरुलाई समेत उछिनेर २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । युनियन लाइफले प्राइम, सूर्या र गुराँस लाइफलाई कुल बीमा शुल्क आर्जनमा उछिनेको हो ।

सबै भन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले २८ करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ ।

  • निर्जीवन तर्फ करिब १४ अर्ब बीमा शुल्क संकलन

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेको हो ।

बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा कुल संकलनको १३.१६ प्रतिशत हो ।

यस्तै सगरमाथाले १ अर्ब २४ करोड, नेकोले १ अर्ब १६ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । बाँकी कुनैपनि बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन गर्नसकेका छैनन् ।

नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले ४१ करोड रुपैयाँ कुल बीमा शुल्क कमाएको छ । यो पुरानो संचालनमा रहेका युनाइटेड इन्स्यारेन्सको भन्दा ५ करोड रुपैयाँले बढी हो ।

यस्तै जनरल इन्स्योरेन्सले २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा सबै भन्दा कम सानिमा जनरल इन्स्यारेन्सले १९ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।