प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Jan 24, 2020 11:29 AM Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) को माघ १० गते नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्षको कमाइबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। 

नेप्सेले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४०० रुपैयाँ ९५ पैसा कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर आइतबार नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्न माघ २४ गते २४ औँ वार्षिक साधारण सभा डाकेको हो।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १० गते (आज) शेयर दाखिल खारेज दर्ता बन्द गरेकाले माघ ९ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।