म्यादी बीमाबाट पुससम्ममा एक अर्ब बढीको बीमा शुल्क आर्जन

Jan 24, 2020 01:58 PM Merolagani



चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा बैदेशिक रोजगार (म्यादी बीमा) बाट एक अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पुस सम्ममा ८ लाख २२ हजार १४७ बीमालेखबाट सो बराबरको बीमा शुल्क आर्जन भएकाे हो ।

म्यादी बीमा गर्नको लागि हाल श्रम तथा रोजगार विभागमा १४ जीवन बीमा कम्पनीहरु सूचीकृत छन् । त्यस मध्ये चार बीमा कम्पनीहरुले मात्रै पुल प्रणाली मार्फत म्यादी बीमाको सेवा दिइरहेका छन् ।

सुर्या लाइफ, नेशनल लाइफ, युनियन लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले म्यादी बीमा पुलको व्यवस्थापन गर्दै आएका हुन् । त्यस मध्ये सबै भन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सले ३ लाख ७२ हजार ४९९ वटा म्यादी बीमालेख जारी गरेको छ । त्यसवाट कम्पनीले २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

यता सूर्या लाइफले म्यादी बीमा अन्तर्गत सबैभन्दा धेरै ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सूर्याले चालू आर्थिक वर्षको पुषसम्ममा ३ लाख ३३ हजार ६६५ बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क संकलन गरेको हो ।

युनियन लाइफले ४९ हजार ६८८ बीमालेखबाट २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै रिलायवल नेपाल लाइफले ६६ हजार २९५ बीमा लेख जारी गरेका छन् । त्यसबाट ३० करोड रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।