प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न तोक्यो बुकक्लोज

Feb 03, 2020 02:46 PM merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ। इन्स्योरेन्सको आइतबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको लागि माघ २७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।

यस अनुसार माघ २६ गते आइतबारसम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन्।

इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो । हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ ।

कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।