प्रुडेन्सियल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न तोक्यो बुकक्लोज

Feb 03, 2020 02:46 PM merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ। इन्स्योरेन्सको आइतबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको लागि माघ २७ गते बुकक्लोज गर्ने निर्णय गरेको हो।

यस अनुसार माघ २६ गते आइतबारसम्म कायम भएका शेयरधनीहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउने छन्।

इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातमा ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रद निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभाले हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको थियो । हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ ।

कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।