नेपाल बंगलादेश बैँकद्वारा ह्वीलचियर सहयाेग

Feb 04, 2020 01:34 PM Merolagani



नेपाल बंगलादेश बैँकले माघ २० गते १० जना अपाङ्गता भएका व्यक्तिलाई व्हीलचियर हस्तान्तरण गरेको छ । बैंकले उक्त कार्यक्रममा बालाजु औद्योगिक क्षेत्र स्थित इन्फिनिटी ल्याब्समा बनिएको १० वटा व्हीलचेयर सिआईएलका माध्यमबाट वितरण गरिएको हो ।

बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियर पहिलो पटक नेपालमै निर्माण गरिएको हो । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी. मार्फत धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिलाई उक्त व्हीलचियर प्रदान गरेका हुन् ।

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।