नेपाल बंगलादेश बैँकद्वारा ह्वीलचियर सहयाेग

Feb 04, 2020 01:34 PM Merolagani



नेपाल बंगलादेश बैँकले माघ २० गते १० जना अपाङ्गता भएका व्यक्तिलाई व्हीलचियर हस्तान्तरण गरेको छ । बैंकले उक्त कार्यक्रममा बालाजु औद्योगिक क्षेत्र स्थित इन्फिनिटी ल्याब्समा बनिएको १० वटा व्हीलचेयर सिआईएलका माध्यमबाट वितरण गरिएको हो ।

बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियर पहिलो पटक नेपालमै निर्माण गरिएको हो । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी. मार्फत धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिलाई उक्त व्हीलचियर प्रदान गरेका हुन् ।

 

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।