बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट

Feb 04, 2020 02:50 PM Merolagani

बैंक अफ काठमाण्डूका ग्राहकले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको सिमित सेवा प्रयोग वापत १०% को छुट पाउने भएका छन् ।

बैंकको मोबाईल बैंकिङ ,डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले उक्त सुविधा प्राप्त गर्ने छन् । माघ २० गते यस सम्बन्धि सम्झौता पत्रमा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।