मितेरी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

Feb 06, 2020 10:57 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत आर्थिक वर्ष २०७५/७६ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। 

बैंकको माघ २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरी कुल १९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यस अनुसार बैंकले १० करोड ८३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५७ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन्।

हाल ५८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको लाभांश वितरणपश्चात पूँजी ६९ करोड ३३ लाख रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को कमाइबाट १७ प्रतिशत बोनस शेयर वितरण गेको बैंकले गत आर्थिक वर्षको कमाइबाट भने लाभांश दर केहि बढाएको छ। 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।