मितेरी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

Feb 06, 2020 10:57 AM Merolagani



मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत आर्थिक वर्ष २०७५/७६ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। 

बैंकको माघ २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश गरी कुल १९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यस अनुसार बैंकले १० करोड ८३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ५७ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुले पाउनेछन्।

हाल ५८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको लाभांश वितरणपश्चात पूँजी ६९ करोड ३३ लाख रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को कमाइबाट १७ प्रतिशत बोनस शेयर वितरण गेको बैंकले गत आर्थिक वर्षको कमाइबाट भने लाभांश दर केहि बढाएको छ। 




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।