चीनद्वारा अमेरिकी सामानमा कर कटौतीको घोषणासँगै एशियाली शेयर बजारमा सुधार

Feb 06, 2020 12:43 PM Merolagani



चीनले केही अमेरिकी सामानमा लगाएको अतिरिक्त शुल्क कटौती गर्ने घोषणा गरेसँगै एशियाली शेयर बजारले सुधारको गति समाएको छ। दुई देशका बीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर भएको तीन हप्तापछि चीनले यस्तो घोषणा गरेको हो। 

बिहीबार एशिया–प्यासिफिक शेयर १.३ प्रतिशतले बढेको छ भने जापानको निक्केई इन्डेक्स २.४७ प्रतिशतले बढेको छ। यसैगरी चीनयाँ शेयरले पनि बुधबारबाट सकारात्मक सुधारको बाटो समाएको छ। बिहीबार चीनको ब्लू–चीप सीएसआई३०० इन्डेक्स ०.९७ प्रतिशतले बढेको छ।

अमेरिकी स्टक ईएससीवान इन्डेक्स ०.५ प्रतिशतले बढेको छ।

चीनले अमेरिकाबाट आयात हुने १७१७ उत्पादनमा लगाएको अतिरिक्त कर कटौती गर्ने घोषणा गरेको हो। योसँगै दुई देशका बीचको व्यापार स्थितिमा सुधार हुने र गत महिना मात्र पहिलो चरणको सम्झौतामा सहमति बनेकोमा अब दोस्रो चरणको सम्झौताका लागि पनि केही सहज हुने अपेक्षा गरिएको छ।

कोरोना भाइरसबाट प्रभावित भएसँगै पछिल्लो समय चीन लगायत एशिया र अधिकांश विश्व शेयर बजार गिरावटको अवस्थामा रहेको थियो। यद्यपी पछिल्लो समयम कोरोना भाइरसको खोप पत्ता लागेको र भाइरसले बिगारेको चीनको अर्थतन्त्रलाई सुधार गर्दै आर्थिक नोक्सानीलाई कम गर्नका लागि चिनियाँ सरकारले अतिरिक्त कदम उठाउने अपेक्षासँगै समग्र एशियाली शेयर बजारमा पनि सुधार देखिएको थियो।

बुधबार अमेरिकी शेयर बजारमा उच्च बढोत्तरी देखिएको थियो। डउजोन्स १.६८ प्रतिशतले बढेको थियो, जबकि एसएण्डपी इन्डेक्स १.१३ प्रतिशतको बढोत्तरीका साथ ३ हजार ३३४.६९ को उच्च बिन्दुमा पुगेको थियो। नास्डाक कम्पोजिट पनि ०.४३ प्रतिशतले बढेर ९ हजार ५०८.६८ बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। एजेन्सीको सहयोगमा




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।