स्वीट्जरल्याण्ड विश्वको सबैभन्दा महंगो देश, नेपाल कति औँ स्थानमा?

Feb 07, 2020 04:18 PM Merolagani



विश्वको सबैभन्दा महंगो देशको सूचीमा स्वीजरल्याण्ड पहिलो स्थानमा रहेको छ । ८६ लाख मात्र जनसंख्या रहेको स्वीट्जरल्याण्ड १२२.४ अंकका साथ विश्वको सबैभन्दा महंगो देशका रुपमा रहेको छ । 

अमेरिकाको बिजनेश म्यागेजिन सीईओ वर्ल्ड ले १३२ देशको सर्वेक्षण गरी जारी गरेको रिपोर्टमा नेपाल १२२ औँ स्थानमा रहेको छ ।  

महंगो देशको सूचीमा दोस्रो स्थानमा नर्वे, तेस्रो स्थानमा आइसल्याण्ड, चौँथो स्थानमा जापान र पाचौँ स्थानमा डेनमार्क रहेको छ ।

सीईओ वर्ल्डले जारी गरेको सूचीअनुसार नेपाल विश्वको सबैभन्दा सस्तो देशको रुपमा भने ११ औँ स्थानमा रहेको छ । 

सबैभन्दा सस्तो देशका रुपमा पाकिस्तान पहिलो स्थानमा रहेको छ । यसैगरी अफगानिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

म्यागेजिनले तीनवटा विषयलाई आधार बनाएर सर्वेक्षण गरेको थियो । जसमा, देशमा रहने मानिसहरुका लागि लिइने घरभाडादर, किराना सामान र रेस्टुरेन्टमा खानपानको मूल्यका आधारमा उक्त सूची तयार पारिएको हो । यसैगरी विशेषज्ञले कपडा, ट्याक्सी भाडा र इन्टरनेटको मूल्य पनि त्यसमा शामिल गराएका थिए । उक्त सर्वेक्षण १३२ देशको राजधानीमा आधारित भएर गरिएको थियो । 

 

यसैका आधारमा नेपाल सबैभन्दा महंगो देशको सूचीमा २९.०५ अंकका साथ १२२ औँ स्थानमा र सबैभन्दा सस्तो देशको सूचीमा ११ औँ स्थानमा परेको हो ।

जबकि सबैभन्दा सस्तो देशका रुपमा रहेको पाकिस्तानले २१.९८, भारतले २४.५८ अंक प्राप्त गरेका छन् । 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।