स्वीट्जरल्याण्ड विश्वको सबैभन्दा महंगो देश, नेपाल कति औँ स्थानमा?

Feb 07, 2020 04:18 PM Merolagani



विश्वको सबैभन्दा महंगो देशको सूचीमा स्वीजरल्याण्ड पहिलो स्थानमा रहेको छ । ८६ लाख मात्र जनसंख्या रहेको स्वीट्जरल्याण्ड १२२.४ अंकका साथ विश्वको सबैभन्दा महंगो देशका रुपमा रहेको छ । 

अमेरिकाको बिजनेश म्यागेजिन सीईओ वर्ल्ड ले १३२ देशको सर्वेक्षण गरी जारी गरेको रिपोर्टमा नेपाल १२२ औँ स्थानमा रहेको छ ।  

महंगो देशको सूचीमा दोस्रो स्थानमा नर्वे, तेस्रो स्थानमा आइसल्याण्ड, चौँथो स्थानमा जापान र पाचौँ स्थानमा डेनमार्क रहेको छ ।

सीईओ वर्ल्डले जारी गरेको सूचीअनुसार नेपाल विश्वको सबैभन्दा सस्तो देशको रुपमा भने ११ औँ स्थानमा रहेको छ । 

सबैभन्दा सस्तो देशका रुपमा पाकिस्तान पहिलो स्थानमा रहेको छ । यसैगरी अफगानिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

म्यागेजिनले तीनवटा विषयलाई आधार बनाएर सर्वेक्षण गरेको थियो । जसमा, देशमा रहने मानिसहरुका लागि लिइने घरभाडादर, किराना सामान र रेस्टुरेन्टमा खानपानको मूल्यका आधारमा उक्त सूची तयार पारिएको हो । यसैगरी विशेषज्ञले कपडा, ट्याक्सी भाडा र इन्टरनेटको मूल्य पनि त्यसमा शामिल गराएका थिए । उक्त सर्वेक्षण १३२ देशको राजधानीमा आधारित भएर गरिएको थियो । 

 

यसैका आधारमा नेपाल सबैभन्दा महंगो देशको सूचीमा २९.०५ अंकका साथ १२२ औँ स्थानमा र सबैभन्दा सस्तो देशको सूचीमा ११ औँ स्थानमा परेको हो ।

जबकि सबैभन्दा सस्तो देशका रुपमा रहेको पाकिस्तानले २१.९८, भारतले २४.५८ अंक प्राप्त गरेका छन् । 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।