कुमारीसँग मर्जरमा गएकाे देवः विकास बैंकको नाफामा गिरावट

Feb 12, 2020 04:45 PM Merolagani



देवः विकास बैंक(DBBL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६८ लाख १६ हजार रुपैयाँ अर्थात ३.५० प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १९ करोड ४५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन आम्दानी घटेकाकारण बैंकको नाफा संकुचन भएको हो ।

पुस मसान्तसम्ममा २२ अर्ब ४२ करोड २५ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २१ अर्ब २५ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको यस बैंकको शेयरधनी कोषमा ३९ करोड ९१ लाख रुपैयाँ र जगेडा कोषमा ५८ करोड ८०लाख रुपैयाँ सञ्चित रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिमा बैंकले ५६ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १० करोड दुई लाख रुपैयाँले धेरै हो । गत आवको पुस मसान्तसम्ममा बैंकले ४६ करोड ४३ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २६ करोड ३५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकको यो मुनाफा एक करोड रुपैयाँ अर्थात ६ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्ममा बैंकको यस्तो मुनाफा २७ करोड ९५ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्ममा बैंकले १७ करोड २० लाख २९ हजार रुपैयाँ कर्मचारी खर्च र १२ करोड ६१ लाख ९१ हजार रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ भने इम्पेरिमेन्ट चार्जका लागि ७ करोड ३२ लाख ८४ हजार रुपैयाँ छुट्याएको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी समेत घटेको देखिन्छ । यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८२ पैसा कायम भएको छ । यो गत आवको यसै अवधिमा १२ रुपैयाँ २५ पैसा थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरण योग्य नाफा १२ करोड ३८ लाख ६२ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ०७ पैसा छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा छ ।

बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको निष्किृय कर्जा अनुपातमा बढेको छ । गत आवको यसै अवधिमा १.९२ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात १.०६ प्रतिशत विन्दु बढेर २.९८ प्रतिशत पुगेको छ । बैंकको आधार दर ११.०२ प्रतिशत र स्प्रेड दर ५.१४ प्रतिशत रहेको छ भने बैंकको कोषको लागत ८.३३ प्रतिशत रहेको छ ।

 

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।