नेप्से सूचकमा सामान्य बृद्धि, कारोबार रकममा उत्साह कायमै

Feb 12, 2020 03:25 PM merolagani



साताको चौथो कारोबार दिन बुधबार नेप्से सूचकमा सामान्य बृद्धि भएको छ भने कारोबार रकम  झण्डै डेढ अर्ब रुपैयाँ पुगेको छ। 

गत आइतबार र सोमबार कारोबार रकम केही घटेपनि मंगलबारदेखि भने उत्साहजनक रुपमा कारोबार हुदै आएको छ। धितोपत्र बोर्डको नयाँ नियम र सूचीकृत कम्पनीहरुको प्रगतिउन्मुख वित्तीय विवरणले पनि लगानीकर्तालाई शेयर बजारप्रति आकर्षित गरेको देखिन्छ।

यस दिन नेप्से सूचक ४.६० अंकले बढेर १३४५.९७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.१९ अंकले बढेर २८५.५६ विन्दुमा पुगेको छ। त्यस्तै १७३ वटा कम्पनीको ३९ लाख ८६ हजार कित्ता शेयर १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ।

कारोबारमा आएका १२ उपसमुह मध्ये ९ वटा उपसमुहको सूचक सकारात्मक देखिएका छन भने ३ वटा उपसमुहका सूचक सकारात्मक देखिएका छन्।

बुुधबार नागरिक लगानी कोषको सबैभन्दा धेरै साढे ९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्सको ९ करोड ६८ लाख, एनआइसी एशियाको ६ करोड ९ लाख, स्वरोजगार लघुवित्तको ५ करोड ६ लाख र एनएमबि बैंकको ४ कराड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्त्दा धेरैले बढेको छ। सेन्ट्रल फाइनान्स, गुँरास लघुवित्त र स्पर्श लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो। त्यस्तै स्वदेशि लघुवित्तकाे ८.९२ प्रतिशत, कालिका पावरको ८.०८ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.४६ प्रतिशत र लक्ष्मी लघुवित्तको शेयर मूल्य ७.२५ प्रतिशतले बढेको छ। 

यता युनाइटेड माेदी हाइड्राेपावरकाे शेयरमूल्य सबैभन्दा धेरै ३.५३ प्रतिशतले घटेकाे छ भने ज्योति विकास बैंकको ३.०७ प्रतिशत, बरुण हाइड्रोपावरको ३.०३ प्रतिशत र नेपाल फाइनान्सको २.९६ प्रतिशतले घटेको छ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।