बजेटको आकार घटाएर बजेट समीक्षा

Feb 12, 2020 04:38 PM Merolagani



सरकारले चालु आर्थिक वर्षको अर्ध वार्षिकको समीक्षा गरेको छ । उक्त बुधबार अर्थ मन्त्रालयमा भएको बजेट समीक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएर अर्ध वार्षिकको समीक्षा गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षको वजेट प्रस्तुत गर्दा १५ खर्ब ३२ अर्ब आकारको बजेट ल्याएका थिए । तर माघ २९ गते बुधबार भएको अर्ध वार्षिक समीक्षामा अर्थमन्त्री खतिवडाले वजेट संशोधन १३ खर्ब ८५ अर्ब ९५ करोड रूपैयाँमा झारेका हुन् ।

साथै चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च खर्चको गर्ने लक्ष्य लिएको छ । सरकारले चालू खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमान समेत अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

राजश्व लक्ष्य पनि संशोधित अनुमान शुरू अनुमानको ९५.६ प्रतिशतमा झारिएको छ। 

राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनामा प्रगति हुने  बिश्वासमा पूँजीगत खर्च शंसाेधित अनुमान अनुसार हुने अर्थमन्त्रीकाे विश्वास छ ।

अर्थमन्त्रीले गत आर्थिक बर्षकाे बजेटकाे समीक्षा गर्दा पनि आकार घटाएका थिए ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।