कोरोनाको त्रास: अमेरिकाको सबैभन्दा ठूलो कार कम्पनीले आशिंक रुपमा बन्द गर्याे उत्पादन

Feb 13, 2020 01:30 PM Agency



चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको असर अटोमोबाइल इन्डष्ट्री (सवारी उद्योग) मा पनि देखिएको छ। 

कोरोनाका कारण फैलिरहेको भयका बीच अमेरिकाको सबैभन्दा ठूलो कार कम्पनी जनरल मोटर्सले दक्षिण कोरिया स्थित इकाईको परिचालन आगामी हप्ता आंशिक रुपमा बन्द गर्ने घोषणा गरेको छ।

चीनियाँ सञ्चार माध्यमका अनुसार भाइरसका कारण चीनमा हालसम्म करिब १ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ५१ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन्।

यसको असर चीन अर्थतन्त्र र आसपासका देशहरुमा पनि परेको छ। चीन विभिन्न उत्पादित सामानहरुका लागि सबैभन्दा ठूलो निर्यातक देश हो। चीन सवारी उद्योगका लागि आवश्यक पार्ट–पूर्जाका लागि मुख्य आपूर्तिकर्ता हो। कोरोना भाइरसका कारण लामो छुट्टी भएसँगै विभिन्न वस्तुहरुका साथै सवारी उद्योगजन्य उत्पादन पनि प्रभावित भएको छ। यसको असर विश्वव्यापी आपूर्तिमा बाधक बनेको छ।

कम्पनीका एक प्रतिनिधिका अनुसार, जनरल मोटर्स कोरियाको सियोल स्थित बुप्येओंग संयन्त्रको दुई असेम्ब्ली लाइन आगामी सोमबार र मंगलबार बन्द रहनेछ। चीनबाट निर्यात हुने पार्ट–पूर्जामा कमी भएसँगै काम बन्द गर्न लागिएको बताइएको छ। ती दुई असेम्ब्ली लाइनको क्षमता वर्षेनी चार लाखभन्दा धेरै सवारी उत्पादन गर्ने रहेको छ।

योभन्दा पहिले ह्युन्दे मोटर्सले पनि विश्वको सबैभन्दा ठूलो कार निर्माण कारखाना उलसानलाई अस्थायी रुपमा बन्द गर्ने घोषण गरेको छ।

यसैगरी जापानको निशान कम्पनीले पनि चीनबाट पार्टपूर्जाको निर्यातमा कमीका कारण म्युशु संयन्त्रको परिचालन १४ देखि १७ फेब्रुअरीसम्म बन्द गर्ने घोषणा गरेको छ। एजेन्सीको सहयोगमा




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।