नेपाल बंगलादेश बैँकले गर्यो तिलगंगामा एटिएम उद्धघाटनका साथै पशुपतिकालागि डस्वीन वितरण

Feb 17, 2020 07:30 AM Merolagani



नेपाल बंगलादेश बैँकले आफ्नो तिलगंगा शाखाको एटिएम  उद्धघाटन गरेको छ। 

यसका साथै बैंकले पशुपतिक्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघले संरक्षण गर्ने गरी डस्वीन पनि हस्तान्तरण गरेको छ। 

शनिबार नेपाल बङ्गलादेश बैंक लिमिटेडका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको  उद्धघाटन पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले गरेका थिए।

उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीलाई नयाँ खाता खोलेमा एक सय रुपैयाँ बैंकले बचत गरिदिने बताए।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।