बढ्दो बजारमा नयाँ लगानीकर्ता सलबलाए, संस्थागत र सामूहिक लगानीकर्ताको उपस्थिति न्यून

Feb 17, 2020 05:36 PM Merolagani

सुवास निरौला

गएको दुई महिना शेयर बजार बढ्दो क्रममा देखिएको छ । तर बढ्दो बजारमा संस्थागत लगानीकर्ताकाे उपस्थिति न्यून छ ।

सोमबारै कारोबार रकम दुई अर्ब ६८ करोड रुपैयाँको भयो ।  हालसम्मकै दोस्रो सर्वाधिक कारोबार हो । यस अघि २०७३ साउन ११ मा दुई अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकम र सूचक दुवै फराकिलो अंकले बढेका छन् । तर बढ्ने आधार भने गतिला देखिँदैनन् । गएको ६ महिनाको केन्द्रीय बैंकको रिपोर्ट अनुसार विप्रेषण प्रवाह सुस्त छ,सेवा आय चार अर्ब ४६ करोड घाटामा छ,चालु खाता ८४ अर्ब घाटामा छ,मुद्रा अवमूल्यन हुने क्रम बढ्दो छ । गएको महिनामा ३.३ प्रतिशतले मुद्रा अवमूल्यन भएको छ, खर्च अझै बढेको छैन। राजश्व सङ्कलनले लक्ष्य भेट्टाएकाे छैन, बजेटको आकार घटाइएको छ । आकार घटाइएपछि आर्थिक बृद्धिदरको लक्ष्य  घटेर ६ प्रतिशतको हाराहारीमा आउने अनुमान अर्थबिद्हरूले गर्न थालेका छन् ।

आन्तरिक उत्पादन बढेको छैन,तर उपभोग बढ्दो छ । आयात घटेको छ । तर त्यसमा विकास निर्माण र कलकारखानामा प्रयोग हुने कच्चा समाग्री र मेसिनरी औजार आएका छैनन् । जसले आयात घटेपनि विकास र खर्च दुबैमा धक्का पुर्याउने देखिन्छ ।तर दोस्रो बजार लगातार बढ्दो क्रममा रहँदा त्यसले अन्य क्षेत्रका लगानीकर्ता समेत अल्पकालीन नाफा खोज्दै शेयर बजार प्रवेश गरेका छन् । अन्य क्षेत्र सुस्ताउँदा शेयर बजार मोटाएकाे बिगतकाे अवस्थाले देखाउँछ । 

विगत दुई महिनाको तथ्याङ्कले समेत यही देखाएको छ । संस्थागत लगानीकर्ता भन्दा बढी व्यक्तिगत लगानीकर्ता दोस्रो बजारमा प्रवेश गरेका छन् । संस्थागत लगानीकर्तासँगै सामूहिक लगानी कोषहरूले खुलेर कारोबार गरेका छैनन् । गत पुस १ गते देखि माघ २९ सम्मको कारोबार तथ्याङ्कले यस्तो देखाएको हो । गएको दुई महिनामा साना र केही नयाँ लगानीकर्ताले नै बजार धानिरहेका छन् । 

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले उपलब्ध लगाएको तथ्याङ्क अनुसार गएको दुई महिनामा व्यक्तिगत लगानीकर्ताको कारोबार हिस्सा ८८.८६ प्रतिशत रहेको छ । क्रमश: संस्थागत लगानीकर्ताको हिस्सा ७.८९ प्रतिशत र सामूहिक लगानी कोषको ३.२५ प्रतिशत हिस्सा छ । नेप्सेका अनुसार गएको दुई महिनामा ४४ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । जसमा सबैभन्दा बढी हिस्सा व्यक्तिगत लगानीकर्ताको छ । 

Turnover

Between 2019-12-17 and 2020-02-12

Client Type

Total Transaction

Turnover

%

Corporate

19343.5

3522840300

7.89

Individual

478904

39664194363

88.86

Mutual Funds

6928.5

1450200858

3.25

Total

505176

44637235521

100

NEPSE INDEX

1155.38

1398.24

242.86

 

दुई महिनादेखि दोस्रो बजार लगातार बढ्दो क्रममा रहँदा नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेकाे एक पुराना ब्रोकर कम्पनीका संचालकले बताए । उनका अनुसार हरेक बुलले नयाँ शेयर कारोबारी जन्माउँछ । बुलले जन्माएका नयाँ शेयर कारोबारीको टिकाउ नगण्य मात्रामा हुने गर्छ । बुलमा नयाँ कारबारी जन्मिने प्रक्रिया र कछुवाले बच्चा जन्माउने प्रकृया एकै खालको हुने उनको अनुभव छ । उनी भन्छन् 'कछुवाले बच्चा जन्माउनु पूर्व उ समुद्रबाट बाहिर आउँछ । उसले किनारमा अण्डा पार्छ । निश्चित समयपछि ती अण्डाहरूबाट धेरै बच्चाहरू निस्कन्छन् । तर  ती सबै बच्चा समुद्रसम्म पुग्नु अगाडि मरिसक्छन् । केही मात्रै समुद्रसम्मको यात्रा तय गर्न सफल हुन्छन् । जो सफल हुन्छन् उनीहरुलेनै अर्को नयाँ जीवनको प्रारम्भ गर्ने दौडमा पानीमा पौडन थाल्छन्। यस्तै बढ्दो शेयर बजारको सूचकले नयाँ कारोबारी जन्माउँछ तर सबै टिकाउ भने हुँदैन भन्ने नै हाे । तर, जो टिकाउ हुन्छन् उनीहरू दीर्घकालीन लगानीकर्तामा परिवर्तन हुन्छन् । यति बेला यस्तै नयाँ कारोबारी ब्रोकर कार्यालयमा देखिन थालेको उनले बताए ।

नयाँ लगानीकर्ताले बजारलाई एक हदसम्म धकेल्न मद्दत पुर्याएपनि उनीहरूको 'पुस'ले मात्रै बजारलाई थप उचाइ दिन नसक्ने उनकाे भनाई छ । यति बेला अन्य क्षेत्रमा लगानीको वातावरण नभएको भन्दै अल्पकालीन नाफा खोज्दै केही नयाँ अनुहार बजार प्रवेश गरेका छन् । ती लगानीकर्ता अन्य क्षेत्रमा लगानी सहज भए लगत्तै उतै मोडिन सक्छन् । 

पछिल्लो समयको कारोबारले नयाँ बुलको सङ्केत गरिरहेको शेयर विश्लेषक डा आत्माराम घिमिरेले बताए ।उनका अनुसार बजार बढाउन पहिले नयाँ लगानीकर्तालेनै भूमिका खेल्ने हाे । उनीहरूले बजार थोरै धकेलेपछि अन्य लगानीकर्ताको समेत प्रवेश हुँदै जान्छ ।  तर लगातार बजार दोहोरो अंकले भने सधैँ बढ्दैन । धेरै बढ्ने र थोरै करेक्सन हुँदै जाने उनको अनुमान छ ।

गएको दुई महिना यता सोमबारसम्म कारोबार मापक सूचक २४२.८६ अंकले बढी सकेको छ । अझै बजार बढ्दो लयमै देखिएको छ । तर सामूहिक लगानी कोषको भूमिका भने नगण्य देखिन्छ । तर उनीहरूले बजारमा लगाउन सक्ने रकमलाई आधार मान्ने हो भने पछिल्लो समयको कारोबार भएको रकमको आधारमा उपस्थिति सतोष जनकै देखिन्छ । बढ्दो बजारमा उनीहरू सुरक्षित लगानीको रणनीतिमा रहेका छन् । तर सुस्त कारोबारले भने उपस्थितिलाई बलियो बनाउन सक्दैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।