ओरिएण्टल इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफा बढ्यो

Feb 18, 2020 09:46 AM Merolagani



ओरिएण्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २९ करोड ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० करोड ५० लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा इन्स्योरेन्सले ८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

इन्स्योरेन्सको खुद बीमाशुल्क बढेसँगै खुद नाफा बढ्न पुगेको हो। पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ६१ लाख रुपैयाँ बढी हो।

चुक्ता पूँजी उल्लेख नगरेको यस इन्स्योरेन्सको जगेडा तथा कोष १५ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको बीमा कोषमा ६५ करोड ८४ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले दोस्रो त्रैमासको अन्त्यसम्ममा ११ हजार १०९ बीमालेख जारी गरी ५८ करोड ९६ लाख रुपैयाँ ८५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको ६ हजार ४४३ बीमालेख नविकरण भएका छन्।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ८०५ दाबी बापत १९ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको १ हजार १०० दाबीबापत १ अर्ब १३ करोड ३३ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।