कालिका लघुवित्तको शेयर कारोबार आजदेखि खुल्ला

Feb 18, 2020 10:15 AM Merolagani



जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियाका कारण रोक्का रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) को शेयर कारोबार आज (फागुन ५ गते) देखि खुल्ला हुने भएको छ।

मर्जरपश्चात गत पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरेको यस लघुवित्तको शेयर कारोबार ९ महिनापछि सुचारु हुन लागेको हो। कालिका र जनसेवी लघुवित्तले गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेसँगै दोस्रो बजारमा कालिकाको शेयर कारोबार रोक्का भएको थियो।

कालिका लघुवित्त र जनसेवी लघुवित्त एक बराबर एक शेयर स्वाप अनुपातमा एक आपसमा मर्ज भएका हुन्। कारोबार रोक्का हुनअघि कालिकाको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ६९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। जनसेवी लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरेपनि सूचीकृत भएको थिएन।

यसका साथै मर्जर गर्दा कायम हुन आएको १४ करोड ४३ लाख ३०० कित्ता शेयर सूचीकृत भएको छ। जनसेवीको आईपीओमा आवेदन दिई बाँडफाँडमा परेका शेयरधनीहरुले अब कालिका लघुवित्तको नामबाट शेयर कारोबार गर्न सक्नेछन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।