कालिका लघुवित्तको शेयर कारोबार आजदेखि खुल्ला

Feb 18, 2020 10:15 AM Merolagani



जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियाका कारण रोक्का रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) को शेयर कारोबार आज (फागुन ५ गते) देखि खुल्ला हुने भएको छ।

मर्जरपश्चात गत पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरेको यस लघुवित्तको शेयर कारोबार ९ महिनापछि सुचारु हुन लागेको हो। कालिका र जनसेवी लघुवित्तले गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेसँगै दोस्रो बजारमा कालिकाको शेयर कारोबार रोक्का भएको थियो।

कालिका लघुवित्त र जनसेवी लघुवित्त एक बराबर एक शेयर स्वाप अनुपातमा एक आपसमा मर्ज भएका हुन्। कारोबार रोक्का हुनअघि कालिकाको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ६९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। जनसेवी लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरेपनि सूचीकृत भएको थिएन।

यसका साथै मर्जर गर्दा कायम हुन आएको १४ करोड ४३ लाख ३०० कित्ता शेयर सूचीकृत भएको छ। जनसेवीको आईपीओमा आवेदन दिई बाँडफाँडमा परेका शेयरधनीहरुले अब कालिका लघुवित्तको नामबाट शेयर कारोबार गर्न सक्नेछन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।