माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाकाे निमार्ण कार्य अन्तिम चरणमा, बैशाखदेखि बिजुली बाल्ने तयारी

Feb 18, 2020 01:14 PM Merolagani



लिवर्टी ईनर्जी कम्पनी (LECL) ले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ। सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको कम्पनीको आयोजनाले बैशाखदेखि बिजुली बाल्ने गरी काम गरेको हो।

आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएको कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी गराए। उनले भने, ‘आयोजनाको निर्माण कार्य लगभग सकिएको छ। केही कामहरु बाँकी छन्। हामीले यहि चैत अन्तिमदेखि सञ्चालनमा आउने गरी काम गरिरहेका छौं।’ उनका अनुसार विद्युत गृहमा उपकरण जडान गर्ने लगायत सिभिल निमार्णका केही कामहरु मात्रै बाँकी छन्।

कम्पनीका अनुसार चैत ३० गतेभित्र सम्पुर्ण निर्माण कार्य सम्पन्न गरी बैशाख देखि सञ्चालनमा आउने छ।

कम्पनीले लमजुङ्गको दार्दी गाँउपालिकामा ४ अर्ब ६३ करोड रुपैयाँ लागतमा उक्त आयोजनाको निर्माण गरीरहेको छ। २५ मेगावाटको यस आयोजनाको लागत प्रति मेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ। 

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। कम्पनीले आयोजनाको विद्युत खरिद बिक्री मुल्य वर्षायमका ८ महिनाको लागि ४ रुपैयाँ ८० पैसा प्रतियुनिट र सुख्खायामका ४ महिनाका लागि ८ रुपैयाँ ४० पैसा प्रतियुनिट निर्धारण गरिएको छ।

कम्पनीले आईपीओ निष्काशनको लागि गत बैशाख १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले ३७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशत सर्वसाधारणहरुलाई प्राथमिक शेयर निष्काशन गर्नेछ। त्यसमध्ये आयोजना प्रभावित स्थानीयबासिलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्काशन गर्नेछ।

कम्पनीले जारी गर्न लागेको आईपिओको बिक्री प्रबन्धक तथा शेयर निष्काशनको जिम्मा एनआईबिएल एस क्यापिटललाई दिएको छ।  

अन्य दुई बागलुङ स्थित बडीगाड खोलामा २४.६ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ स्थित लोदोखोलाबाट १.६ मेगावाट क्षमताको लोदो खोला साना जलविद्युत आयोजना निमार्ण गर्ने तयारी भैरहेको कम्पनीले जनाएको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।