एनआरएन इन्फ्रास्टक्चर कम्पनीलाई आईपीओ निष्काशन धितोपत्र बोर्डको अनुमति

Feb 18, 2020 03:02 PM Merolagani



एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आईपीओलाई बोर्डले फागुन ६ गते अनुमति दिएकाे हो । आईपीओ निष्काशनको लागि कम्पनीले गत असारमा आबेदन दिएको थियो ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघिनै सानिमा क्यापिटलाई नियुक्त गरिसकको छ । यस्तै कम्पनीको शेयर हिमालयन क्यापिटल, कुमारी क्यापिटल र मेघा क्यापिटलले प्रत्याभुत गर्ने कम्पनीले जनाएको छ ।

एनआरएनहरुको लगानी रहेको कम्पनीमा आईपीओ निष्काशन पछि सर्वसाधारणहरुको समेत शेयर स्वामित्व रहनेछ ।

कम्पनीले हिमालयन पावर पार्टनर, सानिमा मिडिल तमोर हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत लगायतका आयोजनाहरुमा लगानी गरेको छ ।

हाल हाइड्रोपावरको क्षेत्रमा मात्रै लगानी गरीरहेको कम्पनीले निकट भविष्यमा पुर्वाधार विकासमा पनि जोड दिने कम्पनीले जनाएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।