सरकारको आर्थिक वृद्धिदर भेटाउन मुस्किल,बजेट खर्चप्रति पूर्व अर्थमन्त्रीहरु नै असन्तुष्ट

Feb 19, 2020 02:24 PM Merolagani



राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले सरकारले तोकेको आर्थिक वृद्धिदर भेटाउन नसकिने बताएका छन् । पूँजीगत खर्च अत्यन्त कम भएकाले सरकारको उक्त लक्ष्य भेटाउन नसकिने कंडेलले स्पष्ट पारेका हुन् । 

बजेटको मध्यावधिक समीक्षामा अर्थमन्त्री डा.युवराज खतिवडाले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर परिवर्तन नहुने बताएका थिए । उपाध्यक्ष कंडेलका अनुसार कमजोर पुँजीगत खर्च र राष्ट्रिय गौरवका आयोजनाहरु पूरा नहुँदा बजेटमा तोकिएको वृद्धि हासिल नहुने पक्कापक्की जस्तै भएको छ ।

अर्थ समितिमा कंडेलले फागुन ५ गते सोमबारसम्म चालुतर्फको ४०.३३ प्रतिशत, पूँजीगत तर्फ १९.३३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५.१२ प्रतिशत वजेट खर्च भएको विवरण प्रस्तुत गरेका थिए । कंडेलले पूँजीगत खर्च कम हुँदा यसको प्रभाव विकास र वित्तीय सन्तुलन गर्नमा गाह्रो पर्नेसक्ने बताए ।

हाल भईरहेको बजेट खर्चप्रति पूर्व अर्थमन्त्रीहरु नै असन्तुष्ट देखिएका छन् । समितिमा  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चालू आर्थिक वर्षको सरकारको प्रगति प्रति आफू सन्तुष्ट नभएको बताएका छन् ।  चालु तर्फको खर्च कसैले केही नगरे पनि हुने तर १९.३३ प्रतिशत पूँजीगत तर्फको खर्च खासै उत्साहजनक नभएको पाण्डेको भनाई छ ।

अर्थ मन्त्रालयले दुई वर्ष अगाडि ल्याएको स्वेतपत्रमा देखाइएको कमजोरी समेत सुधार गर्न नसकेको पाण्डेले बताए । टेबलमा बसेर टिप्पणी उठाउने कर्मचारीको बाहुल्यता मात्र धेरै रहेको र प्राविधिक रुपमा काम गर्ने कर्मचारीहरू अत्यन्त न्यून हुँदा कार्यप्रगतिमा प्रभाव देखिएकाे उनकाे आरोप छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास खर्चमा कुनै गुणात्मक परिवर्तन हुन नसको जिकिर गरे । संविधान बनिसकेर स्थायी सरकार आएपछि पनि विकासे खर्च असार महिनामा नै हुने गरेकोमा दुख व्यक्त गरेका हुन् । 

राष्ट्रिय गौरवका आयोजनाहरुमा काम नभएको भन्दै उनले असन्तुष्टि व्यक्त समेत गरेका छन् ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।