प्रभु बैंक र देवः विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण

Feb 20, 2020 03:03 PM Merolagani



प्रभु बैंक र देवः विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ। प्रभु बैंकको ४१ लाख २६ हजार २०६.१३ कित्ता र देवः विकास बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो। 

साधारण शेयरमा रुपान्तरण भएको उक्त शेयर फागुन ७ गते बिहीबार नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको छ। दुबै बैंकले नेप्सेमा साधारण शेयर सरह नै कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएका हुन्।

देवः  विकास बैंक भने कुमारी बैंकसँग गाभिने प्रकृयामा रहेकाले नेप्सेमा काराेबार राेक्का छ। 

संस्थापक शेयरको रुपान्तरणसंगै प्रभु बैंकमा संस्थापकको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको हिस्सा ४९ प्रतिशत भएको छ भने र देवः विकास बैंकमा संस्थापकको साढे ५१ प्रतिशत र सर्बसाधारणको साढे ४८ प्रतिशत हिस्सा कायम भएको छ।

प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ भने देव:काे चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।