प्रभु बैंक र देवः विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण

Feb 20, 2020 03:03 PM Merolagani



प्रभु बैंक र देवः विकास बैंकको संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ। प्रभु बैंकको ४१ लाख २६ हजार २०६.१३ कित्ता र देवः विकास बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो। 

साधारण शेयरमा रुपान्तरण भएको उक्त शेयर फागुन ७ गते बिहीबार नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको छ। दुबै बैंकले नेप्सेमा साधारण शेयर सरह नै कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएका हुन्।

देवः  विकास बैंक भने कुमारी बैंकसँग गाभिने प्रकृयामा रहेकाले नेप्सेमा काराेबार राेक्का छ। 

संस्थापक शेयरको रुपान्तरणसंगै प्रभु बैंकमा संस्थापकको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको हिस्सा ४९ प्रतिशत भएको छ भने र देवः विकास बैंकमा संस्थापकको साढे ५१ प्रतिशत र सर्बसाधारणको साढे ४८ प्रतिशत हिस्सा कायम भएको छ।

प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ भने देव:काे चुक्ता पूँजी तीन अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।