ग्रामीण विकास लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

Feb 20, 2020 08:38 PM Merolagani



ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले असमायीक मृत्यु भएका ३ जना ऋणी सदस्यहरूको परिवारलाई बीमाको क्षतिपूर्ति र किरीया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाले आफ्ना ग्राहक सदस्यको हित संरक्षणका लागि लागु गरेको कर्जाको म्यादि जीबन बीमा कार्यक्रम अन्तर्गत उक्त बीमा क्षतिपूर्ति वापतको रकम हस्तान्तरण गरेको हो ।

इलाका कार्यालय कोहलपुर, वाँकेकी ग्राहक सदस्य स्वर्गीय श्रीमती बिमला भण्डारीको पति रेग्मी प्रसाद भण्डारीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले बीमाको क्षतिपूर्ति र किरीया खर्च वापतको २ लाख २ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै तनहुका स्वर्गीय मोहनी माया थापाको पति भुपाल थापा मगरलाई बीमाको क्षतिपूर्ति र किरीया खर्च वापतको ७६ हजार ५४३ रुपैयाँ इलाका कार्यालय दमौलीबाट हस्तान्तरण गरिएको छ भने काठमाडौं बौद्धका स्वर्गीय साबित्री रोम्भाको छोरा समिर रोम्भालाई ७९ हजार ५०४ रुपैयाँको चेक शाखा कार्यालय जोरपाटीबाट हस्तान्तरण गरिएको लघुवित्त संस्थाले जनाएकाे छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।