एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

Feb 24, 2020 06:03 PM Merolagani



एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएक छन । त्यस सम्बन्धमा एनआईसी एशिया  बैंक र नेपा हिमा ट्रेड लिंकबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र नेपा हिमा ट्रेड लिंकका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् ।


सम्झौता अनुसार बैंकका ग्राहकहरुले सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस्तै बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्युआर कोड प्रयोग गरि सोनी ब्राभियका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ सम्म छुट प्राप्त गर्न सकिने जनाएको छ । बैंकको यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ ।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।