फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

Feb 24, 2020 05:59 PM Merolagani



मोबाईल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भएका हुन् ।

विजेता गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्र मार्फत घोषणा गरिएको थियो । दुबई ट्रिप जित्ने व्यक्तिले थप तीन जना व्यक्तिलाई पनि आफुसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’  उपहार योजना सञ्चालन गरिरहेको छ । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिने फोनपेले जनाएको छ ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शत प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जनाग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीन जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउने फोनपेले जनाएको छ ।

उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुने र यस उपहार योजनामा कुल १८ सय १० जनाले शत प्रतिशत क्यास ब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुई जनाका दरले ५० जना र प्रत्येक महिना दुईजनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।