ज्योति विकास बैंकको बोनस डिम्याट खातामा

Mar 06, 2020 08:39 AM Merolagani



ज्योति विकास बैंक लिमिटेड (JBBL) ले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १२.७५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो।

गत पुस २९ गते सम्पन्न बैंकको साधारण सभाले सो बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो शेयर जम्मा गरेको हो।

२०७५ चैत १५ गतेपश्चात शेयर खरिद गरी कायम शेयरधनीहरुले उक्त बोनस शेयर बापतको कर स्वयंले भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।