ज्योति विकास बैंकको बोनस डिम्याट खातामा

Mar 06, 2020 08:39 AM Merolagani



ज्योति विकास बैंक लिमिटेड (JBBL) ले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १२.७५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो।

गत पुस २९ गते सम्पन्न बैंकको साधारण सभाले सो बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो शेयर जम्मा गरेको हो।

२०७५ चैत १५ गतेपश्चात शेयर खरिद गरी कायम शेयरधनीहरुले उक्त बोनस शेयर बापतको कर स्वयंले भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।