लक्ष्मी म्युचुअल फण्डले ८ करोड इकाई बिक्री गर्ने, कहिले देखि दिन सकिन्छ आवेदन?

Mar 13, 2020 08:48 AM Merolagani



लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको ८ करोड ईकाई सर्वसाधारणमा बिक्री गर्ने भएको छ।

लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्वटी फण्ड–१ सञ्चालन गरिरहेको लक्ष्मी क्यापिटलले अर्को योजना अन्तर्गत लक्ष्मी उन्नती कोष धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्वसाधारणमा आह्वान पत्र जारी गरेको हो।

सो योजनामा चैत ९ गतेदेखि १३ गतेसम्म पाँच कार्य दिनसम्म ईकाईका लागि आवेदन दिन सकिनेछ। तोकिएको पाँच कार्य दिनमा सबै ईकाई बिक्री नभएमा चैत २३ गतेसम्म बिक्री अवधि तोकिएको छ।

निष्काशन गरिने कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई सङ्खयाको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ। सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

शेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामूहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।