देवः विकास बैंकको लाभांश प्रस्ताव

Mar 15, 2020 10:57 AM Merolagani



देवः विकास बैंक (DBBL) ले गत आर्थिक वर्ष २०७५/७६ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। 

बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.५५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार बैंकले २७ लाख १६ हजार ४२१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ। हाल ३ अर्ब ३१ करोड ७१ लख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस वितरणपश्चात चुक्ता पूँजी ३ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहशरुले प्राप्त गर्नेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट साढे ५ प्रतिशत बोनस वितरण गरेको बैंकले गत आर्थिक वर्षको कमाइबाट भने लाभांशदर बढाएको हो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।