महिला सहयात्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 16, 2020 09:47 AM Merolagani



महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड (MSMBS) को लाभांश सुरक्षित गर्ने आज (चैत ३ गते) अन्तिम दिन हो। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ४ गते एक दिनका लागि बुकक्लोज गर्नेछ।

यस अनुसार आज (चैत ३ गते) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको लाभांश तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २२ गते, ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमा साधारण सभा डाकेको छ। सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर र प्राप्ति समितिको गठन गरी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विप्रेषण सम्बन्धी कारोबार गर्न प्रबन्धपत्रमा सो व्यवस्था उल्लेख नभएकोले नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बराबरको एक करोड २१ लाख रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।