सुन र चाँदीको भाउ ह्वातै घट्यो, एक सातामै ७ हजारभन्दा धेरैको गिरावट

Mar 17, 2020 11:21 AM Merolagani



सुन र चाँदीको भाउ चैत ४ गते मंगलबार उच्च दरले घटेको छ। यस दिन सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ भने चाँदी पनि प्रतितोला ८० रुपैयाँले घटेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

अघिल्लो दिन सोमबार सुन तोलामा ५०० रुपैयाँले बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुन गत एक सातामा ७ हजार ५०० रुपैयाँले घटिसकेको छ। फागुन २८ गतेदेखि लगातार घटिरहेको सुनको भाउ सो पश्चात तोलामा ७ हजार २०० रुपैयाँले घटेको हो।

यस दिन चाँदी पनि तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ७९० रुपैयाँमा खरिद बिक्री भएको थियो।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।