सिद्धार्थ बैंकको बोनस शेयर हितग्राही खातामा

Mar 18, 2020 08:44 AM Merolagani



सिद्धार्थ बैंक लिमिटेड (SBL) ले बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको हो।

गत कात्तिक ७ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारण सभाले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको मितिसम्ममा अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २९ गते एक दिन बुकक्लोज गरेको थियो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।