सिद्धार्थ बैंकको बोनस शेयर हितग्राही खातामा

Mar 18, 2020 08:44 AM Merolagani

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको हो।

गत कात्तिक ७ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारण सभाले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेको मितिसम्ममा अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २९ गते एक दिन बुकक्लोज गरेको थियो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ।

बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।