एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन

Mar 23, 2020 10:44 AM Merolagani



एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यस लघुवित्तको चैत १० गते सोमबार बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६७४ रुपैयाँ कायम गरेको छ।

लघुवित्तले हाल (हकप्रद शेयर बाँडफाँडपश्चात) कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित चैत २६ गते साधारण सभा डाकेको छ। सो सभा सिटी स्क्वाएर पार्टी प्यालेस, न्यूरोड, पोखरामा बिहान ११ बजेदेखि शुरु हुनेछ। यसका साथै सभाले मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको हो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ। १२ प्रतिशतका दरले ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपश्चात ४५ करोड ३६ लाख १७ हजार रुपैयाँ पुग्नेछ।

लघुवित्तको समायोजित मूल्यलाई आधार मानेर चैत १८ गते, मंगलबार शेयर कारोबार खुल्नेछ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।