एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन

Mar 23, 2020 10:44 AM Merolagani



एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यस लघुवित्तको चैत १० गते सोमबार बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६७४ रुपैयाँ कायम गरेको छ।

लघुवित्तले हाल (हकप्रद शेयर बाँडफाँडपश्चात) कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित चैत २६ गते साधारण सभा डाकेको छ। सो सभा सिटी स्क्वाएर पार्टी प्यालेस, न्यूरोड, पोखरामा बिहान ११ बजेदेखि शुरु हुनेछ। यसका साथै सभाले मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको हो। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ४० करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ। १२ प्रतिशतका दरले ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपश्चात ४५ करोड ३६ लाख १७ हजार रुपैयाँ पुग्नेछ।

लघुवित्तको समायोजित मूल्यलाई आधार मानेर चैत १८ गते, मंगलबार शेयर कारोबार खुल्नेछ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।