कोरोनाका कारण हाल बीमालेख व्यतित नहुने, बीमा समितिले जारी गर्यो निर्देशन

Mar 23, 2020 09:43 PM Merolagani



जीवन बीमा कम्पनीहरुतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने बीमा समितिले बताएको छ।

कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका कारण सो अवधिभरका लागि यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ।

साथै, उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनेभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न पनि समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। चैत १० गते सूचना गरी गर्दै समितिले सो कुराको जानकारी दिएको हो।

समितिले निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनु अघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै बीमालेख जारी गर्दा वा नविकरण गर्दा जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था गर्न पनि निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।