कोरोनाका कारण हाल बीमालेख व्यतित नहुने, बीमा समितिले जारी गर्यो निर्देशन

Mar 23, 2020 09:43 PM Merolagani



जीवन बीमा कम्पनीहरुतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने बीमा समितिले बताएको छ।

कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेका कारण सो अवधिभरका लागि यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ।

साथै, उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनेभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न पनि समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। चैत १० गते सूचना गरी गर्दै समितिले सो कुराको जानकारी दिएको हो।

समितिले निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनु अघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै बीमालेख जारी गर्दा वा नविकरण गर्दा जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था गर्न पनि निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।