कोरोना रोकथामको लागि बीमा समितिले दुई करोड दिने

Mar 24, 2020 10:33 AM Merolagani



बीमा समितिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि बनाएको रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ दिने भएको छ। सोमबार साँझ बसेको समिति संचालक समितिको बैठकले उक्त रकम योगदान गर्ने निर्णय गरेको हो।

सरकारले आइतबार ५० करोड रुपैयाँको कोरोना कोष बनाएको थियो। त्यस कोषमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले एक महिनाको तलब दिने निर्णय समेत गरिसकेका छन्।

सरकारले स्थापना गरेको कोषमा विभिन्न संघसंस्थाहरुले सहयोग रकम जम्मा गर्न थालेका छन्।

इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले कोषको लागि खोलिएको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा रहेको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।