भोलिदेखि काठमाडौंमा बैंकहरु आंशिक संचालन गरिने, कर्मचारीलाई पासको व्यवस्था गरिंदै

Mar 24, 2020 12:42 PM Merolagani



भोलि चैत १२ गते बुधबारदेखि बैंकहरु आंशिक रूपमा खुल्ला गर्ने बैंकर एशोसिएसनले जनाएको छ। काठमाडौं बाहिरका स्थानीय तहहरुमा आजदेखि नै शाखा कार्यालयहरु पूर्ण रुपमा सुचारु गर्ने योजनामा एशोसिएसन छ।

बैंकिङ्ग सेवा अत्यवश्यक भएकाले खुल्ला राख्ने तयारीमा लागेको एशोसिएसनको भनाई छ। आज काठमाडौं उपत्यकामा घोडे जात्रा भएकाले सार्वजनिक बिदा परेको हुँदा भोलिदेखि बैंकहरु आंशिक रुपमा खुल्ला हुने भएको हो।

अहिले एशोसिएसन बैंकका कर्मचारीहरुलाई कार्यालय जान आउनका लागि पासको व्यवस्था गर्दै गरेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।