भोलिदेखि काठमाडौंमा बैंकहरु आंशिक संचालन गरिने, कर्मचारीलाई पासको व्यवस्था गरिंदै

Mar 24, 2020 12:42 PM Merolagani



भोलि चैत १२ गते बुधबारदेखि बैंकहरु आंशिक रूपमा खुल्ला गर्ने बैंकर एशोसिएसनले जनाएको छ। काठमाडौं बाहिरका स्थानीय तहहरुमा आजदेखि नै शाखा कार्यालयहरु पूर्ण रुपमा सुचारु गर्ने योजनामा एशोसिएसन छ।

बैंकिङ्ग सेवा अत्यवश्यक भएकाले खुल्ला राख्ने तयारीमा लागेको एशोसिएसनको भनाई छ। आज काठमाडौं उपत्यकामा घोडे जात्रा भएकाले सार्वजनिक बिदा परेको हुँदा भोलिदेखि बैंकहरु आंशिक रुपमा खुल्ला हुने भएको हो।

अहिले एशोसिएसन बैंकका कर्मचारीहरुलाई कार्यालय जान आउनका लागि पासको व्यवस्था गर्दै गरेको छ।